नियम १७
निर्णयको अभिलेख राख्नुपर्ने

(१) सदस्य–सचिवले समितिको प्रत्येक वैठकमा भएको निर्णयहरुलाई निर्णय पुस्तिकामा लेखी सदस्यहरुको सही गराउनु पर्नेछ ।
(२) उपनियम (१) वमोजिम गरिएका निर्णयहरु मध्ये कुनै निर्णयमा चित्त नवुझ्ने सदस्यले छोटकरीमा निर्णय पुस्तिकामा कैफियत जनाइ सही गर्न सक्नेछ ।